देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनर्निर्माणमा कछुवा गति, काम भन्दा कुरा धेरै

देशान्तर

काठमाडौं । करिब नौ हजारजनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको वास्तविक मूल्यांकन गर्ने सर्वेक्षण सक्न अझै दुई महिना लाग्ने भएको छ । माघ मसान्तसम्म सक्ने योनाका साथ पुस १५ गते सुरु गरिएको दोलखाको सर्वेक्षणमा ४० हजार घरको प्रतिवेदनमात्रे केन्द्रमा आइपुगेका कारण निर्धारित समयमा काम नसकिने देखिएको छ ।

एक हजार चार सय इन्जिनियर परिचालन गरेर ११ जिल्लामा सञ्चालन गरिएको सर्वेक्षणबाट ७६ हजार घरको प्रतिवेदन आइपुगेको  तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए । लामिछानेका अनुसार ११ जिल्लाको सर्वेक्षण पूरा हुन दुई महिना लाग्ने देखिएको छ ।

थप १ सय २५ इन्जिनियर परिचालन गर्ने तयारी छ, उनले भने केही त दोलखाबाट फर्किएको जनशक्ति पनि हुनसक्छ । सर्वेक्षण दोलखाका सात वटा गाविसमा मात्रै पूरा भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>