देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधि जोडघटाउमा कांग्रेसका नेताहरु

देशान्तर

काठमाडौं । सभापति सुशिल कोइरालाको निधनपछि संस्थापनबाट को सभापतिको प्रत्यासी बन्छ भन्ने टुंगो लाग्न बाँकी रहेका बेला नेपाली कांग्रेसका नेताहरुले महाधिवेशन प्रतिनिधको जोडघटाउ सुरु गरेका छन् ।

६५ जिल्लाका २१ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको टुंगो लागेसँगै संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरु महाधिवेशन प्रतिनिधिको जोडघटाउमा जुटेका छन् । सभापति कोइरालाको आकस्मिक निधनपछि कार्यवहाक सभापति रामचन्द्र पौडेलले आफूलाई संस्थापन पक्षको स्वभाविक सभापतिको प्रत्यासीका रुपमा प्रस्तुत गर्न लागिएको छ ।

संस्थापन पक्षका अन्य नेतासँग पौडेलले सहयोग मागिरहेका छन् । केहि नेता महाधिवेशन प्रतिनिधिको आँकलनपछि मात्र संस्थापन पक्षको उम्मेदवार टुंगो लगाउनु पर्ने तर्क गर्दे आएका छन् । नागरिक दैनिकमा समाचार छ ।

]]>