देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतलाई हराउँदै नेपाल २३ वर्षपछि साग फुटबल विजेता

देशान्तर

काठमाडौं । फुटबलमा नेपाल २३ वर्षपछि दक्षिण एसिया च्याम्यिन भएको छ। वैकल्पिक खेलाडी प्रकाश बुढाथोकीको उच्च प्रदर्शनबाट प्रेरित टिम नेपालले सागअन्तर्गत यू–२३ मा सोमबार भारतलाई २–१ ले हराउँदै स्वर्णपदक चुमेको हो। इन्दिरा गान्धी एथलेटिक रंगशालामा प्रकाशले बराबरी गोल गर्नुका साथ विजयी गोलका अवसर सृजना गरेका हुन्।

नेपालको लागि विजयी गोल नवयुग श्रेष्ठले गरे। प्रकाश ४१ औं मिनेटमा मानबहादुर तामाङको ठाँउमा मैदान प्रवेश गरेका थिए। गोलकिपर विकेश कुथूको प्रदर्शन पनि उल्लेख्य रह्यो। साग अर्न्तगत फुटबलमा नेपालको यो तेस्रो स्वर्ण हो। यसअघि नेपालले १९८४ र १९९३ को ढाका साफमा स्वर्ण पदक जितेको थियो। २००४ इस्लामाबाद यता सागमा यू–२३ फुटबल टोलीले प्रतिस्पर्धा गर्दै आएका छन्। नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यका लागि साग झन विषेश रह्यो। दुईपल्ट स्वर्ण जित्दाका खेलाडी उनी सोमबार प्रशिक्षकको भुमिकामा मैदानको टच लाईनमा थिए।

नवयुगको गोलपछि नेपाली सर्मथकको हुटिङले इन्दिरा गान्धी स्टेडियमको माहोल बदलिएको थियो। नेपाली भाषीको बाहुल्यता रहेको गुवाहाटीका सर्मथकले पनि नेपालको पक्षमा हुटिङ गरेका थिए। गुवाहाटीका सर्मथकले नेपालको झण्डा समाएर खुशी साटेका थिए।

प्रतियोगितामा उनको सातौं गोल हो, जसमा दुई ह्याट्रिक सामेल छन्। भुटानविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका उनले सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अर्को ह्याट्रिक गरेका हुन्। उनी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। दोस्रो स्थानमा रहेका उदन्त सिंहको ३ गोल छ। नागरिक दैनिकमा समाचार छ । 

]]>