देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको महाधिवेशनमा पाँच सयको खाना, खर्च ५ करोड

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न पाँच करोड खर्च अनुमान गरिएको छ ।  अर्थ संकलन समितिको सोमबार संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले खर्च विवरण प्रक्षेपण गर्दै गाउँदेखि केन्द्रीय महाधिवेशन सम्पन्न गर्न पाँच करोड लाग्ने अनुमान गरेको छ ।

तीन करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने तयारी गरेको समितिले बाँकी दुई करोड शुभेच्छुक, शुभचिन्तकका साथै उद्योग व्यावसायीबाट जुटाउने तयारी गरेको छ । महाधिवेशनमा सवैभन्दा धेरै खाना र आवासमा गरी साढे दुई करोड खर्च हुने गरेको कांग्रेसले प्रतिछाक ३५ सयलाई खाना खुवाउने तयारी गरेको छ ।

प्रतिव्यक्ति प्रतिछाक पाँच सयका दरले खाना खुवाउने कांग्रेसले सार्वजनिक सूचनामार्फत टेन्डर आहृवान गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

]]>