काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बुत्रोस बुत्रोस घालीको निधन भएको छ । उनी ९३ वर्षका थिए । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उनको निधनको पुष्टि गरेको हो ।
परिषद्का वर्तमान अध्यक्ष तथा भेनेजुएलाका संयक्त राष्ट्रसंघका राजदूत राफेल रामेरोजले यमनमा मानवीय संकटको बैठक जारी रहदा घालीको निधनको घोषणा गरेका हुन् । सुरक्षा परिषद्का १५ सदस्यले घालीइको सम्मानमा श्रद्धान्जी जनाएका छन् ।
इजिप्टका राजनेता घाली संयुक्त राष्ट्रसंघका छैटौं महासचिव थिए । घाली जनवरी १९९२ बाट डिसेम्बर १९९६ सम्म संयुक्त राष्ट्रसंघको उच्च पदमा रहेका थिए । उनी संयुक्त राष्ट्रसंघमा महासचिव बन्ने पहिलो अरब नेता थिए ।
]]>
प्रतिक्रिया