देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं कांग्रेसको सभापति छान्न मतदान हुँदै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आज काठमाडौं जिल्ला सभापति पदका लागि निर्वाचन हुँदैछ । यसअघि तोकिएको माघ २५ गते उदघाटन गरेर  निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी भएको अवस्थामा सभापति सुशील कोइरालाको आकस्मिक निधान भएका कारण रोकिएको थियो ।

जिल्ला निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान भृकुटीमण्डपमा ९ बजेदेखि १२ बजेसम्म मतदान हुदैछ । काठमाडौं कांग्रेसको सभपातिमा अहिलेका सभापति भीमसेनदास प्रधान र सुबुज बाँनिया  प्यानल बनाएर उमेदवार बनेको छ ।

बाँनियाको प्यानलबाट सचिव पदमा  राजकुमार नकर्मी र प्रधानको प्यानलबाट अर्जुन पराजुलीसँगै कीर्तिपुरकै युवा नेता प्रणयसिंह मुन्नाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।  

]]>