देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अवैध समानसहित दुई भारतीय पक्राउ

देशान्तर

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा चन्द्रअयोध्यानगर–१ स्थित राजमार्गबाट गएराति प्रहरीले अवैध समानसहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान र चालकलाई पक्राउ गरेको छ । 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोेलबजारका गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा मिलका इलेक्ट्रोनिकलगायतका अवैध सामानसहित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर३२बी ९३९७ नम्बरको महेन्द्र पिकअप भ्यान र बीआर ०७ जीए१८७१ नम्बरको महेन्द्र पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो । 

सवारी चेकजाँच गर्दा सो भ्यानमा मिलका इलेक्ट्रोनिकलगायतका सामान फेला पारेको र ती समानका बिल फरकफरक पाइएकाले दुवै भ्यानसहित भ्यान चालक भारत विहारको मधुबनी जयनगर ग्राम पञ्चायत–९ निवासी २२ वर्षीय अजय यादव र भारत विहारकै मधुबनी उस्राही ग्राम पञ्चायत– २ निवासी २९ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।  

उनीहरुलाई आवश्यक छानबिन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी पठाइने जनाएको छ ।

]]>