देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँके कांग्रेसमा संस्थापनकी कोइराला विजयी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस बाँकेको सभापतिमा किरण कोइराला विजयी भएकी छन् । उनी ३ सय ५७ मतका साथ विजयी भएकी हुन । उनी सभापति सुशील कोइरालकी भाई बुहारी हुन् । किरणका श्रीमान अरुण कोइराला यसअघि बाँके कांग्रेसका सभपाति थिए ।

अरुणको एकबर्ष अघि निधन भएको थियो । उनका प्रतिद्धन्दी निरन्जनसिंह सिजापति २ सय १७ मत पाएका थिए । यस्तै बाँके सचिवमा तप्त पौडेल र कोषाध्यक्ष निजामुद्दीम सिद्धीकी विजयी भएका छन् । पहिलो चरणमा चार जना उमेदवार बनेका थिए ।

पहिलो चरणमा नारयण  गौडेल र लक्ष्मी नारायण साह बाहिरिएका थिए । चार जना मध्ये बढी मत ल्याउने कोइराला र सिजापतिबीच दोस्रो चरणमा प्रतिष्पर्धा भएको हो ।  

 

]]>