देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई दिल्लीमा पुरानै सम्झौताको पोको

देशान्तर

काठमाडौं । मुलुकको राष्ट्रिय दिवस ‘प्रजातन्त्र दिवस’को उपेक्षा गर्दै त्यसैदिन विदेश भ्रमण गर्ने केप ओली सम्भवतः संसारकै पहिलो कार्यकारी प्रमुख होलान । आफू नेतृत्वको सरकारलाई राष्ट्रवादी भनेर प्रचार गराउने ओलि भारत भ्रमणमा जान यति आतुर रहेछन् जसले प्रजातन्त्र दिवस मुलुकभित्रै मनाउने धैर्यता समेत प्रदर्शन गर्न सकेनन् । सायद आफ्नो मुलुकको राष्ट्रिय दिवसलाई समेत उपेक्षा गरेर भ्रमणमा आएको देखेरै होला छिमेकी मुलुक भारतले उनलाई न्यानो आतिथ्यता प्रदान ग¥यो । उनलाई भारतको राष्ट्रपति भवनमा आतिथ्यता दिइयो । तर, ओलीलाई भारतले न्यानो स्वागत गर्दै मिठो खाना पस्किए पनि कुरा चाही तितो सुनाएको चर्चा यतिबेला दिल्लीमा रहेका नेपाली पत्रकारहरुमाझ चलिरहेको छ । हैदरावास हाउसमा भएको मोदी र ओलीको भेटवार्ता ओलीको अनुहारको चमक हराएको ति पत्रकारहरुले अनुभव गरेका छन् । संयुक्त प्रेस वक्तव्यमा मोदीले घुमाउरो पाराले ओलीलाई सहमति र संवादमार्फत सबैलाई समेट्न सुझाव दिए । 

यसैबीच ओलीलाई भारतले सुशील कोइराला नेतृत्वकै सरकारका पालामा भइसकेका पुरानै सम्झौताहरुको पोटरी भिराइदिएको छ । शनिवार नया“ दिल्लीको हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको सात वटा मध्ये अधिकांश सम्झौताहरु पुरानै हुन् । तिनै पुराना सम्झौतालाई कार्यान्वयन गर्ने प्रतिवद्धता मात्रै यसपटक दोहा¥याएका हुन् । 

भूकम्पपछि भारत सरकारले घोषणा गरेको २५० मिलियन अमेरिकी डलर बराबरको सहयोग प्याकेजलाई प्रयोग गर्नेबारे भएको सहमतिपत्रमा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी सुष्मा स्वराजले हस्ताक्षर गरेका छन् । जबकी यो रकम कोइरालाकै पालामा भएको दाता सम्मेलनमा भारतले कबोल गरेको रकम हो । 

यसैगरी दोस्रो सम्झौताको रुपमा हुलाकी सडक निर्माण गर्ने सम्बन्धी छ । तराईको हुलाकी सडक विस्तारका लागि भएको अर्को समझदारीपत्रमा नेपालका लागि भारतीय राजदूत रणजीत राय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले हस्ताक्षर गरेका छन् । यस अन्तरगत तराईमा जारी सडक निर्माण प्रोजेक्टलाई तीव्र गतिमा कार्यान्वयन गरिने उल्लेख छ । प्याकेजमा रहेका पहिलो चरणका २,३,४,५ र ६ नम्बरका प्रोजेक्टहरुमा पर्ने ५ सय १८ किलोमिटर सडकको निर्माण सम्पन्न गरिने छ । प्याकेज नं १ अन्तरगत पर्ने ८७ किमी सडकखण्ड पहिल्यै सम्पन्न भइसकेको सहमतिपत्रमा उल्लेख छ ।

भारतसँग गरिएको तेस्रो समझदारी हो संगीत तथा नाट्य एकेडेमीसम्बन्धी सहयोग आदान प्रदान । यो समझदारीमा भारतका तर्फबाट संगीत नाटक एकेडेमीकी सेक्रेटरी हेलेन आचार्य र नेपालका तर्फबाट राजदूत दीपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । यसमा नेपाल र भारत दुबै तर्फबाट कला क्षेत्रका अनुभव आदान(प्रदान गर्ने, साथै नृत्यकार र विज्ञहरुको सहयोग आदान(प्रदान गरिने बताइएको छ ।

नेपाल र भारतवीच सम्पन्न चौथो समझदारी पारवहन मार्गसँग सम्बन्धित छ । यो समझदारीमा भारतीय वाणिज्य सचिव रिता टियोटिया नेपालका तर्फबाट वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । यो समझदारी पत्रमा काँकडभिट्टा–बंगलाबन्ध हु“दै नेपाल र बंगलादेशवीचको ट्रान्जिट सुचारु गर्ने भनिएको छ । नेपालको सवारी आवागमनलाई भारतले यो मार्गमा सहजता प्रदान गर्ने सहमतिपत्रमा उल्लेख छ । यसैको अर्को बुँदामा भारतको विशाखापटनम बन्दरगाहमा भारतले नेपाललाई पारवहनको सुविधा उपलब्ध गराउने बताइएको छ ।

त्यसैगरी पा“चौं सहमतिमा विशाखापटनमबाट नेपालसम्म रेल्वे ढुवानीको सुविधाबारे चर्चा गरिएको छ । बंगलादेशसँगको पारवहनमा भारतको सिंहावादबाट सुविधा प्रदान गरिने बताइएको छ । यो सहमतिपत्रमा भारतका तर्फबाट रेल्वे बोर्डका एएस उपाध्यायले हस्ताक्षर गरेका छन् । नेपाल–भारतवीच सम्पन्न छैठौं समझदारी ४०० केभीको मुजफरपुर–ढल्केबर ट्रान्समिसन लाइनसम्बन्धी समझदारी हो । यसलाई दुई देशका प्रधानमन्त्रीले उदघाटन गरेका छन् । र, यसमा ८० मेगावाट बिजलीको स्वीच अन गरिएको छ । अब थप २ सय मेगावाट बिजुली आगामी अक्टोबरमा भारतले दिनेछ भने २०१७ डिसेम्बरसम्म कुल ६०० मेगावाट बिजुली भारतले नेपाललाई बेच्ने जाइएको छ । त्यसैगरी ट्रान्समिटर लाइनको विस्तारका लागि साढे १३ मिलियन डलर बराबरको लोन अफ क्रेडिट भारतले कार्यान्वयन गर्ने सहमति दुई देशवीच भएको छ ।

र, सातौं समझदारी अनुसार नेपाल–भारत प्रवुद्ध समूह गठन गरिएको छ । यसबारे २०१४ जुलाइमै काठमाडौंमा संयुक्त बैठक बसेको थियो र त्यहीँबाट ८ सदस्यीय समूह बनाउने निर्णय भएको थियो । यो प्रवुद्ध समूहमा नेपालका तर्फबाट डा. राजन भट्टराई, पूर्व्विदेशमन्त्री भेषबहादुर थापा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय र पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य रहेका छन् । भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, सिक्किम विश्वविद्यालयका पूर्वभीसी एवं हाल जाप पार्टीका नेता महेन्द्र लामा, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद र प्रोफेसर बीसी उप्रेती रहेका छन् ।

 

]]>