देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको ५५ जिल्लामा अधिवेशन सम्पन्न

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा ५५ जिल्लामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  गत माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकोमा राति १२ः५० बजे सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगित गरिएको थियो । बारा र पर्सा जिल्लामा प्राविधिक कारणले बाँकी रहेका गाउँ अधिवेशन सकी क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।  ती जिल्लामा मङ्गलबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु भएको हो ।  बाँकी २४ जिल्लाको अधिवेशन फागुन १० गते भित्रै सम्पन्न गर्नेगरी निर्देशन दिएको काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।  सबै जिल्लामा दिवङ्गत सभापति कोइरालाको श्रद्धाञ्जलि सभा राखिएकाले जिल्ला अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ । हाल सम्म निर्वाचित जिल्ला सभापतिहरू 
१ झापा ः उद्धव थापा
२ सुनसरी ः राजीव कोइराला 
३ भोजपुर ः नन्द्रमणि राई 
४ पाल्पा ः वीरबहादुर राना 
५ बैतडी ः नरेन्द्रसिंह थापा 
६ सुर्खेत ः कमलराज रेग्मी  
७. धादिङ ः रमेश धमला 
८. खोटाङ ः नरेशकुमार श्रेष्ठ 
९. काभ्रे ः मधु आचार्य
१०.कास्की ः कृष्णबहादुर केसी
११ मुस्ताङ ः याग्जी विष्ट
१२ः गोरखा ः हरि घले
१३ सिन्धुली ः उज्ज्जव बराल
१४.उदयपुर ः विदुर बस्नेत
१५. नुवाकोट ः जगदीश्वरनरसिंह केसी
१६ काठमाडौं ः सबुज बानियाँ
१७.कपिलवस्तु ः    सुरेन्द्र आचार्य
१८.मुगु ः खड्गबहादुर शाही
१९.चितवन ः जितनारायण श्रेष्ठ
२०.रोल्पा ः अमरसिंह पुन
२१. पाँचथर ः नरेन्द्र केरुङ
२२. कालीकोट ः हर्षबहादुर बम
२३. रुकुम ः प्रेमप्रकाश ओली
२४. ताप्लेजुङ ः लीला बोखिम
२५.तेह्रथुम ः गोविन्द ढुंगाना
२६. पर्वत ः खिमप्रसाद भुसाल
२७. बर्दिया ः सञ्जय गौतम
२८. तनहुँ ः बैकुण्ठ न्यौपाने
२९. इलाम ः हिमाल कर्माचार्य 
३०. बाँके ः किरण कोइराला
३१ सल्यान ः गणेश चन्द
३२. जुम्ला ः दीपबहादुर शाही 
३३. लमजुङ ः भेषबहादुर पौडेल
३४. डँडेलधुरा ः कर्ण मल्ल
३५  मनाङ ः टेकबहादुर गुरुङ
३६. मकवानपुर ः इन्द्रबहादुर बानियाँ 
३७. स्याङ्जा ः कमल पंगेनी
३८. रूपन्देही ः अब्दुल रज्जाक गद्दी
३९. मोरङ ः डिकबहादुर लिम्बू
४०. ओखलढुंगा ः प्रदीप सुनुवार
४१. डोटी ः प्रदीप देउवा
४२ .बाजुराः कविराज पण्डित
४३. धनकुटा ः अग्निप्रसाद पौडेल
४४. जाजरकोट ः दीपकजंग शाह
४५. हुम्ला ः जयपति रोकाय
४६. ललितपुर ः मदन अमात्य
४७. अछाम ः भरतकुमार स्वाँर
४८ बागलुङ ः दीपेन्द्र थापा
४९. कैलाली ः नरनारायण शाह
 ५० अर्घाखाँची ः विष्णु मुस्कान 
५१ नवलपरासी ः विष्णु लामिछाने 
५२ दाङ ः कीर्तिबहादुर खड्का  
५३ दैलेख ः कृष्णकुमार बीसी 
५४ प्यूठान ः अमर भण्डारी 
५५ रामेछाप ः लवश्री न्यौपाने 

 

]]>