देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको शैलीप्रति एमाओवादीमा आक्रोश

देशान्तर

काठमाडौं । सत्तारूढ एमाओवादीभित्र सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु पार्टी स्थायी समिति बैठकमा अधिकांश सदस्यले सरकारको समग्र कार्यशैली, सत्ता साझेदार दलहरूसँग सरकारको सम्बन्ध र आफ्नो दलबाट गएका मन्त्रीको भूमिकाबारे आलोचना गरेका हुन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा आइतबार पनि बसेको स्थायी समिति बैठकमा सरकारको समग्र ‘पर्फर्मेन्स’ प्रति पार्टीभित्र असन्तुष्टि व्यक्त भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलाए ।

‘सत्ता–सहकार्य गर्ने दलसँग सरकारको व्यवहारप्रति त हाम्रो असन्तुष्टि छ नै,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारमा प्रतिनिधित्व गर्ने हाम्रै साथीहरूको प्रस्तुतिबारे पनि सन्तुष्ट छैनौं । बैठकमा यसबारे छलफल भइरहेको छ, भोलि पनि हुन्छ ।’  कान्तिपुर दैनिकमा समाचार छ।

]]>