काठमाडौं । सत्तारूढ एमाओवादीभित्र सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु पार्टी स्थायी समिति बैठकमा अधिकांश सदस्यले सरकारको समग्र कार्यशैली, सत्ता साझेदार दलहरूसँग सरकारको सम्बन्ध र आफ्नो दलबाट गएका मन्त्रीको भूमिकाबारे आलोचना गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा आइतबार पनि बसेको स्थायी समिति बैठकमा सरकारको समग्र ‘पर्फर्मेन्स’ प्रति पार्टीभित्र असन्तुष्टि व्यक्त भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खुलाए ।
‘सत्ता–सहकार्य गर्ने दलसँग सरकारको व्यवहारप्रति त हाम्रो असन्तुष्टि छ नै,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारमा प्रतिनिधित्व गर्ने हाम्रै साथीहरूको प्रस्तुतिबारे पनि सन्तुष्ट छैनौं । बैठकमा यसबारे छलफल भइरहेको छ, भोलि पनि हुन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया