देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रसंघको नियतमाथि प्रश्न उठाउँदै बान की मुनलाई पत्र

देशान्तर

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बेपत्ता नागरिकबारे छानविन गर्न सरकारद्वारा गठित आयोगका एक सदस्यले संयुक्त राष्ट्रसंघको नियत र भूमिकामाथि नै प्रश्न उठाउँदै महासचिव बान की मुनलाई पत्राचार गरेका छन्। बेपत्ता व्यक्ति छानबिन आयोगका प्रवक्ता समेत रहेका आयुक्त विष्णु पाठकले मुनलाई इमेलमा पत्र लेख्दै नेपालको संक्रमणकालीन न्यायबारे राष्ट्रसंघको भूमिकामा औंला उठाएका छन्।  

पाठकले महासचिव मुनलाई माघ २३ गते लेखेको उक्त पत्रमार्फत आयोगलाई उचित सहयोग उपलब्ध गराउन माग समेत गरेका छन्।

‘स्थापनाको एक वर्ष बितिस्दा पनि अयोगले अन्तर्राष्ट्रिय समूदायबाट अत्यन्त न्यून सहयोग मात्र प्राप्त गरेको छ, पाठकको इमलेमा भनिएको छ,–आठ वर्षसम्म संक्रमणकालीन न्याय स्थापनका लागि पैरवी गर्दै आएका अन्तर्राष्ट्रिय समुदाय किन आयोगलाई प्राविधिक कार्यक्रम र आर्थिक सहयोग गर्न अनिच्छुक छन् भन्ने कुरा जटिल छ।’ नागरिक दैनिकमा समाचार छ।

]]>