देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्वाचित

देशान्तर

बाबियाचौर । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार २५७ मत प्राप्त गरेर गर्बुजा सभापतिमा निर्वाचित भएका हुन् ।

संस्थापन पक्षका गर्बुजाका प्रतिस्पर्धी देउवा पक्षका नेत्रबहादुर महतले १२६ मत प्राप्त गरेका थिए । ४०४ जना मतदाता रहेकामा ३८९ मत खसेको थियो । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठले १८६ र कोषाध्यक्षमा टङ्क हमालले २०५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य सागरजीवी उपाध्यायले जानकारी दिए ।  जिल्ला कार्यसमितिको खुल्ला सदस्यतर्फ ओम छन्त्याल, कर्णबहादुर भण्डारी केबी, मीनबहादुर कार्की र माधवप्रसाद रेग्मी विजयी भएका छन् ।

यसैगरी अल्पसङ्ख्यकतर्फ कमल छन्त्याल र दलित सदस्यमा मनकुमारी विक निर्वाचित भएका छन् । महिलातर्फ अमृतादेवी बानिया, यमकुमारी गर्बुजा र सावित्री बरुवाल तथा जनजाति सदस्यमा रेकबहादुर पुन जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिहरुमा खुल्लातर्फबाट रेशमबहादुर बानिया, चिरञ्जीवी शर्मा, मुकुन छन्त्याल, तमबहादुर थापा, जीतेन्द्र पुन र भरत रकाल निर्वाचित भए ।

महाधिवेशन प्रतिनिधिमा महिलातर्फ विमला गौचन र सुमित्रा गर्बुजा, जनजातितर्फ डमबहादुर गर्बुजा, अल्पसङ्ख्यकमा धनबहादुर छन्त्याल र दलिततर्फ वीरबहादुर विक कमल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

]]>