देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस दार्चुलामा बोहरा निर्वाचित

देशान्तर

भीमदत्तनगर । नेपाली काँग्रेस दार्चुलाको जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । सोमबार राती सम्पन्न मतगणनाअनुसार बोहरा कुल २४७ मत प्राप्त गरी पहिलो चरणमै सभापतिमा निर्वाचित भएका हुन् ।

 सभापतिका लागि छजना प्रतिस्पर्धी रहेको दार्चुला काँग्रेसमा कुल ४१४ मतमध्ये ४०९ मत खसेका थिए ।  यसैगरी सभापति पदका उम्मेदवारहरु मदन गिरी ५० मत, नरेन्द्र सिंह धामी ४५, गोपालदत्त जोशी ३२, महादेव बडु कस्यव १८ र गौरीशङ्कर गिरीले १२ मत प्राप्त गरे ।

सोमबार कार्यसमितिका अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको र सोको परिणाम आज आइपुग्ने काँग्रेस दार्चुलाले जनाएको छ । दार्चुला काँग्रेस पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला हो । 

]]>