देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समिति बैठक आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको अन्तिम तयारीका लागि आज बिहान ११ वजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । वर्तमान केन्द्रीय समितिको सम्भवतः यो अन्तिम बैठक हुनेछ । आजको बैठकले केन्द्रीय समितिका तर्फबाट महाधिवेशनमा लैजाने विभिन्न प्रस्तावका विषयमा छलफल हुने बताइएको केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिेकेष तिवारीले जानकारी दिए । पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधनका कारण पार्टीका तर्फबाट महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रम, विधान मस्यौदा समितिको प्रस्तावका बारेमा छलफल भएको छैन् । सभापति कोइरालाको १३ औं पुण्यतिथि सकिए लगतै कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । 

नीति तथा कार्यक्रमका बारेमा जिल्ला जिल्लामा सुझावका लागि प्रस्तावित मस्यौदा पठाइएको र १० गते अन्तिम दिन राखेर सुझाव माग गरिएकाले बैठक ११ गते मंगलबारका लागि बोलाइएको हो । मंगलवारको केन्द्रीय समितिको बैठकमा नीति तथा कार्यक्रमको मस्यौदा, बिधान संसोधनको मस्यौदाका साथै महाधिवेशन तयारीका लागि बनेका बिभिन्न समितिका कामका बारेमा छलफल हुने बताइएको छ । महाधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले बिभिन्न १३ वटा तयारी समिति गठन गरेको थियो ।
केन्द्रीय समितिको बैठकमा बिषेश गरि बिधान संसोधन मस्यौदा समितिको प्रस्तावका बिषयमा भने लामो  छलफल हुने संकेत मिलेको छ । नेपाली कांग्रेसले विधानलाई नया“ संविधान अनुरूपको बनाउने, पदाधिकारी थप गर्ने तथा समावेशी सदस्यहरू थप गरेर केन्द्रीय समितिको आकार बढाउने तयारी थालेको छ । बिधान समितिले अहिले भएको अंचलको संरचनाको साटोका बिधानलाई प्रादेशीक संरचनामा लैजान प्रदेशबाट एक महिला सहित तीन जना केन्द्रीय सदस्यको निर्वाचन गर्ने व्यवस्था बिधान मस्यौदा समितिले गरेको छ ।

यस्तै बिधान मस्यौदा समितिले समावेशी कोटा पनि नयाँ संविधान अनुसार कांग्रेसको विधान संशोधन प्रस्ताव समितिले ८४ सदस्यीय हालको केन्द्रीय समितिको आकार बढाएर ९७ सदस्यीय बनाउन प्रस्ताव गरेको हो । 
यस्तै पदाधिकारीहरुको संख्या समेत थप गर्ने प्रस्ताव  बिधान मस्यौदा समितिले गरेको छ । जसमा उपसभापति २ जना जसमा एक जना निर्वाचित र एक जना मनोनित, महामन्त्री अहिले नै एक निर्वाचित र एक मनोनित हुने व्यवस्था रहेको छ । त्यस्तै सहमहामन्त्री पनि एक निर्वाचित र एक मनोनित हुने व्यवस्था गरेको छ भने कोषाध्यक्ष यो भन्दा अगाडि निर्वाचित हुने व्यवस्था भएपनि मनोनित गर्ने गरि बिधान मस्यौदामा प्रस्ताव गरिएको छ ।

तर  पदाधिकारी थप गर्ने बिषयमा भने सवै नेताहरुका बीचमा एकमत हुन सकेको छैन् । अन्य पार्टीहरूस“ग प्रतिस्पर्धा गर्नका लागि र पुरानो पार्टी नेपाली कांग्रेसमा धेरै नेताहरू सम्मानजनक स्थान दिनुपर्ने भएकाले पनि विधान संशोधन आवश्यक भएको आम कार्यकर्ताहरूको समेत भनाइ रहेको छ । त्यसकारणले देउवा सके केन्द्रीय समिति बैठकमा रोक्ने प्रयास गर्ने अन्यथा महाधिवेशनमा भने विधानको मुद्दा नलैजाने मुडमा रहेको बताइएको छ । 

 

]]>