देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मैना सुनुवार हत्याकाण्डको मुद्दा फेरि ब्युँतियो

देशान्तर

बनेपा । द्वन्द्वकालमा किशोरी हत्याको आरोप लागेका नेपाली सेनाका चारजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले अदालतमा हाजिर नभएको भन्दै दुई वर्षअघि ‘मुलतबी’मा राखिएको मुद्दा ब्युतिएको छ ।

पीडित पक्षले दोषीमाथि कारबाही नभएको उल्लेख गर्दै पुनः निवेदन दिएकाले यो मुद्दा मुलतबीमा राखिएको हो जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

उनले मुद्दाको टुङ्गो नलागुन्जेल प्रक्रिया अघि बढ्ने समेत जानकारी दिए । सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाले चरम यातना दिई हत्या गरिएकी काभ्रेपलाञ्चोकको खरेलथोक गाविसकी १५ वर्षीया मैना सुनारको मुद्दा अदालतले २०७० साल असोज पहिलो साता मुद्दाका प्रतिवादी हाजिर नभएको कारण देखाउँदै तत्कालीन जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले २ वर्षका लागि मुलतबीमा राखेको थियो । तर न्यायाधीश अनवी मैनाली भट्टराईको इजलासले गत पुस २८ गते मुलतबीको म्याद सकिएको चार महिनापछि मुद्दा ब्युताएको हो ।

आरोपी सैनिक अधिकारी पटकपटक उपस्थित हुन पत्राचार तथा ‘वारेन्ट’जारी गरे पनि अदालतमा हाजिर नभएपछि उनीहरुको अंश २ वर्षका लागि रोक्का राख्न आदेश दिएर मुद्दा मुलतबीमा राखिएको जिल्ला सरकारी वकिल गोविन्द उपाध्यायले जानकारी दिए । उनले भने, “प्रतिवेदनमा आरोपी फरारको सूचीमै छन्, अब अदालतले एकपक्षीय रुपमै मुद्दा अघि बढाउँछ ।”

उनका अनुसार दुई वर्षसम्म दोषी आफैं अदातलमा उपस्थित भएमा वा प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराएमा मुद्दा पुनः सुरु हुन्छ । खरेलथोक गाविस–६ भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई २०६० साल फागुन ५ गते सेनाले घरबाटै पक्राउ गरी पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो ।

उनकी आमा देवी सुनुवारले २०६४ साल माघ १७ गते कर्तव्य ज्यान मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १८ अन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चारजना सैनिक अधिकारीविरुद्ध अभियोगपत्र दर्ता गराएका थिए । देवीले केन्द्रमा कार्यरत महासेनानी बबी खत्री तथा सहसेनानी सुनिलप्रसाद अधिकारी, अमित पुन र निरञ्जन बस्नेतविरुद्ध अभियोगपत्रसँगै १३३ वटा सबुतप्रमाण संलग्न गरेका थिए ।

मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा ल्याई स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्यरुपमा तालिम केन्द्रकै घेराभित्र जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सङ्घसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार आयोगको प्राविधिक सहयोगमा मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कङ्काल फेला परेको थियो । मैनाको शव उत्खननपछि भारतमा डिएनए परीक्षण भएको थियो ।

‘सोधपुछको वैकल्पिक उपाय हुँदाहुँदै’ किशोरी मैनालाई चरम यातना दिएर हत्या गरेको तत्कालीन उपरथी किरणशम्शेर जबराको नेतृत्वको सैनिक अदालतकै ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले समेत निष्कर्ष निकालेको थियो । नेपाली सेनाले हत्या अभियोग लागेकालाई सेवाबाट बर्खास्त गर्दै अदालतको पत्राचारपछि प्रहरीलाई बुझाउनुपर्ने प्रावधान छ ।

हत्याको नियत नदेखिए पनि अनुसन्धान र मृत्युपछिको ‘प्रकृति र प्रक्रिया’ गलत भएको ठहर गर्दै सैनिक अदालतले महासेनानी खत्री, सहसेनानीद्वय अधिकारी र पुनलाई दोषी ठहर गरी २०६२ भदौ २३ गते ६ महिना कैद सजाय दिएको उल्लेख ग¥यो । सैनिक अदालतले महासेनानी खत्रीलाई दुई वर्ष तथा सहसेनानी अधिकारी र पुनलाई एक÷एक वर्ष बढुवा रोक्का गरेको जनाएको थियो ।

अदालतले काठमाडौँ–३३ ज्ञानेश्वर घर भएका महासेनानी खत्रीको ललितपुर लेले गाविस–९ स्थित दुई रोपनी १४ आनामध्ये उनको भागमा पर्न आउने नौ आना जग्गा ०६७ साल फागुन १६ गते रोक्का, सहसेनानी अधिकारीको काठमाडौं–३ बाँसघारीको दुई पैसा एक दाम जग्गा २०६७ चैत १५ गते रोक्का, रुपन्देही जिल्ला आनन्दवन गाविस–३ घर भएका सहसेनानी अमित पुनको परिवार त्यहाँबाट वर्षौं पहिल्य बसाइँसराइ भएको भन्दै प्रहरीबाट सर्जमिन मुचुल्का भएको थियो ।

दोलखा जिल्ला मकैबारी गाविस–९ घर भई सेनानी बस्नेतको परिवार पनि २० वर्ष पहिल्यै बसाइँसराइ भएको भनी २०७० वैशाख १६ गते सर्जमिन गरिएको छ । महासेनानी खत्रीले भने २०६६ जेठ १३ गते अवकाश पाइसकेका छन् भने सहसेनानीद्वय अधिकारीलाई २०६३ कात्तिक २० र पुनको सोही वर्ष वैशाख १५ गते सेवाबाट राजीनामा गरी अमेरिका गएका थिए ।

]]>