देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१३औं महाधिवेशनले गुटउपगुटको अन्त्य गर्छ– डा महत

देशान्तर

इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले केन्द्रदेखि जिल्ला तहसम्म रहेको गुटउपगुट अन्त्यको सन्देश १३ औंँ महाधिवेशनले दिने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेस सुनसरीले आयोजना गरेको स्वागत तथा शुभकामना आदनप्रदान कार्यक्रममा नेता डा महतले  सक्षम, युवा, निडर र पार्टीलाई हाँक्न सक्नेको जमातलाई यस पटकको महाधिवेशनले नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे ।

उनले जिल्ला नेता, महाधिवेशन र क्षेत्रीय प्रतिनिधि, गाउँ तथा नगरका नेतालाई सक्षम भएर पार्टीको हितमा काम गर्न आग्रह गरे ।  त्यस क्रममा करिब २५ जनाले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने घोषणा समेत गरेका थिए ।

]]>