पोखरा । म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव भोलिमात्र पोखरा ल्याइने भएको छ ।
खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले जानकारी दिए ।
उनका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन् ।
दुर्घटनाग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको टोली शव सङ्कलनमा सक्रियरुपमा लागिपरेको र भोलि बिहानमात्र शव ल्याउनसक्ने सम्भावना रहेको उनले बताए ।
दुर्घटनामा परेका व्यक्तिका आफन्त बिहानैदेखि दिनभर पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा थिए ।
]]>
प्रतिक्रिया