काठमाडौं । काँग्रेस केन्द्रीय समिति नेपाली काँग्रेसको महाधिवेशन आउन ७ दिन बाँकी रहँदा आज केन्द्रीय समिति बैठक बस्दैछ । अस्ती मंगलबारको बैठकमा पेश भएको पार्टीको नीति तथा कार्यक्रमहरुबारे छलफल गर्न आज बैठक बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति सदस्यहरुले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा, सुझाव तथा टिप्पणी पेश गर्नेछन् । मंगलबारको वैठकमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गर्नुभएको प्रतिबेदन अध्ययन गर्न समय चाहिने भएपछि मंगलबारको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।
केन्द्रीय सदस्यहरुको सुझाव अनुसार विधान संशोधन तथा नीति एवम् कार्यक्रम तय गरिने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो । वैठकमा आगामी २० गते देखि सुरुहुने महाधिवेशनको तयारीका विषयमा पनि छलफल गर्ने तयारी छ ।
]]>
प्रतिक्रिया