देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलेजको लापर्बाहीले विद्यार्थिको भविष्य अन्योलमा

देशान्तर

नवलपरासी। नवलपरासीको गैँडाकोटमा अवस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत ३७ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

कलेजको लापरवाहीका कारण कलेजमा बिई कम्प्युटर इन्जिनियरिङमा भर्ना भएका ती विद्यार्थीको भविष्य अन्योल बनेको हो । 

सो कलेजले पोखरा विश्वविद्यालयसँग सम्बन्धन स्वीकृति विना नै बिई कम्प्युटर इन्जिनियरिङमा विद्यार्थी भर्ना गरेको र अहिले विश्वविद्यालयले ती विद्यार्थीको रजिस्टे«सन नगर्ने जनाएपछि यस्तो स्थिति आएको हो । 

पोखरा विश्वविद्यालयसँग सम्बन्धन रहेको सो कलेजले बिई अध्यापन गराउन विश्वविद्यालयसँग स्वीकृति लिनुपर्ने भए पनि अहिलेसम्म स्वीकृति नलिएको विश्वविद्यालयले जनाएको छ । 

पोखरा विश्वविद्यालयले राष्ट्रिय दैनिकमा सूचना नै प्रकाशित गरी भर्ना भएका विद्यार्थीको रजिस्टे«शन गर्न नसकिने जनाएको हो । विद्यार्थीको भविष्य या आर्थिक पक्षका विषयमा कलेज नै जिम्मेवार हुनुपर्ने विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख छ । 

यता, अक्सफोर्ड कलेजले पोखरा विश्वविद्यालयसँग सम्बन्धन स्वीकृति नलिँदै विद्यार्थी भर्ना लिएको स्वीकार गरेको छ । ती विद्यार्थीको रजिस्ट्रेसन यही फागुन २३ गतेसम्म मात्र गर्ने म्याद छ । कलेजले विद्यार्थीको रजिस्ट्रेसन गराउन पहल गर्ने जनाएको छ । 

]]>