देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस महाधिवेशन नजिकियो, नेतैपिच्छे सम्पर्क कार्यालय

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले सम्पर्क कार्यालयमार्फत आफ्नो पक्षमा निर्वाचन माहोल बनाउन सक्रिय देखिएका छन् । 

महाधिवेशनमा नेता र कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षण गर्न सम्पर्क कार्यालय खोल्ने र भड्किला गतिविधि गर्ने होडबाजी नै चलेको छ । 

पार्टी सभापतिका आकाङ्क्षीदेखि पदाधिकारी र केन्द्रीय सदस्यसमेतले सम्पर्क कार्यालय खोलेको देखिएको छ । 

दूर गाउँ र जिल्लाबाट आएका नेता र कार्यकतालाई शीर्ष नेतासँगको पहुँच र साक्षात्कारका लागि सम्पर्क कार्यालय खोलिनु सान्दर्भिक छ नै । तर कतिपय नेताले महाधिवेशनको सङ्घारमा तडकभडकका साथ सम्पर्क कार्यालय खोली गुटगतरुपमा भेला गर्नुलाई स्वयम् नेता नै पार्टीमा विकृति भित्र्याउने काम भएको ठान्छन् । 

त्यसो त, सम्पर्क कार्यालयले काठमाडौँ बाहिरबाट आउने कार्यकर्तालाई आफ्ना नेतासँग सम्पर्क गर्न सहज बनाएको त छ नै, उनीहरुबीच नजिकबाट घुलमिल हुने अवसर पनि दिलाएको छ । 

यसरी नेतैपिच्छे व्यक्तिपिच्छेका सम्पर्क कार्यालयभन्दा पनि पार्टी केन्द्रीय कार्यालयलाई नै भेटघाटको मुख्य थलो बनाउँदा उपयोगी हुने कतिपय नेताको भनाइ छ । 

पार्टी सभापति, महामन्त्रीलगायतका पदाधिकारीले सम्पर्क कार्यालय खोल्नुलाई स्वाभाविक मानिए पनि केन्द्रीय सदस्यले समेत व्यक्तिपिच्छे सम्पर्क कार्यालय खोल्नुलाई कतिपयले स्वाभाविक मानेका छैनन् । 

सम्पर्क कार्यालय खोल्दा अनावश्यक खर्च बढाउने मात्र नभई गुटगत प्रवृत्ति मौलाउने र यसले आर्थिक अराजकता निम्त्याउने तर्क गर्छन् कतिपय ।  

महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न नेताले पार्टी कार्यालयलाई नै सम्पर्क र भेटघाटका लागि प्रयोग गर्नसके नेता कार्यकर्तामा सकारात्मक सन्देश जाने उकार्यकर्ताहरुको भनाईरहेको छ ।  

काँग्रेसको १३ औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँ हुँदैछ । महाधिवेशनका लागि अहिले २५ प्रतिशत महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको अनुमान छ ।

]]>