देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापामा दर्ताबिना विद्युतीय रिक्सा सञ्चालन

देशान्तर

दमक। जिल्लाको दमक क्षेत्र आसपासमा रिक्सा अनाधिकृत रुपमा सञ्चालन हुँदै आएका छन् । 

यातायात व्यवस्था कार्यालयमा इजाजत लिएर मात्र सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि यहाँका विद्युतीय रिक्सा दर्ता भएका छैनन् । दर्ताबारे नियमनकारी निकायले चासो नदिँदा विद्युतीय रिक्साको सङ्ख्या ह्वात्तै बढेको छ । 

गत वर्षदेखि भित्रिएका यस्ता रिक्सा अहिलेसम्म एक हजारका हाराहारीमा सञ्चालनमा छन् । रिक्सा थपिने क्रम बढ्दो छ । व्यवस्थित हुन नसक्दा चौतर्फी समस्या देखिन थालेको छ । दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसाइँ कानुनी प्रक्रिया पूरा गरेपछि मात्र विद्युतीय रिक्सा सञ्चालन गर्नुपर्ने बताउछन् ।  

विद्युतीय रिक्साले सडक अस्तव्यस्त बनाउने गरेकाले दुर्घटना निम्त्याएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन लिम्बु बताउनुहुन्छ । जिल्लामा करिब तीन हजार बढी विद्युतीय रिक्सा सञ्चालनमा रहेपनि ५०० का हाराहारीमा यातायातमा दर्ता छन् । 

]]>