देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्रीको क्षेत्रमा, संसद् विकासको रकम चुनावको ऋण तिर्नमा प्रयोग

देशान्तर

काठमाडौं । बजेटमार्फत विनियोजन गरिएको रकमले आफूहरूले जनताको माझमा गरेका वाचा पूरा गर्न सकिएन भनेर संसद् विकास कोषको रकम बढाउनुपर्ने भन्दै सांसदहरूले जोडदार माग गरेको घटना सायद सबैले बिर्सिसकेका छन् । तर उनीहरूले त्यसरी विकास र जनताका आवश्यकता पूरा गर्नलाई विनियोजन गरिएको उक्त रकम सांसदहरूको चुनावमा लागेको ऋण तिर्ने गरेको पाइएको छ । 

गत आर्थिक वर्षको बजेट विनियोजनको समयमा त्यसरी बजेट विनियोजन गर्दा सदुपयोग नहुने भन्दै तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले अडान लिए पनि अन्तत: महत एक करोड विनियोजन गर्न बाध्य भएका थिए । तर पनि सांसदहरूले उक्त रकम चुनावमा लागेको ऋण तिर्नमा प्रयोग गर्ने गरेको फेला परेको छ । 
जाजरकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा वर्तमान गृहमन्त्री शक्तिबहादुर बस्नेतले संसद् विकास कोषमार्फत गएको रकम चुनावमा लागेको ऋण तिर्न प्रयोग गरेको पाइएको छ । जिल्लाको खगेनकोट गाविसमा विभिन्न विकास कार्यक्रमको लागि भन्दै विनियोजन गरिएको रकम उनको निर्वाचनमा भएको खर्च भन्दै कार्यकर्ताहरूको कामै नगरी पचाएका छन् । 

जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित बस्नेत माओवादीका केन्द्रीय सदस्य तथा गृहमन्त्रीे बस्नेतको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने उक्त गाविसको वार्ड नं ७ मन्मईमा रहेको खानेपानी मर्मत तथा वार्ड नम्बर ६ मा त्यस्तै  कार्यक्रमको लागि भन्दै दुई लाख रुपैयाँ उनका कार्यकर्तामार्फत समिति बनाएर गए पनि उक्त समितिमा अध्यक्षले आफूले निर्वाचनमा खर्च गरेको भन्दै कामै नगरी पचाएका छन् । यसबारेमा माओवादीका कार्यकर्ताहरूले निर्वाचनको समयमा लागेको ऋण तिर्नको लागि यस्तै कार्यक्रममार्फत आएको रकमबाट मिलाउनु भन्ने माथिबाट सर्कुलेसन आएको र आफूहरूले पनि त्यहीअनुसार गरेको बताउने गरेका छन् । चुनावको समयमा कार्यकर्ताहरूलाई भात खुवाएको तथा अन्य खर्चको हिसाबकिताब अझै पनि नमिलेको र आफूहरूको बढी खर्च भएको र त्यही रकमबाट मिलाउनु भन्दै बस्नेतले भनेकोले मिलाएको बताउने गरेका छन् । यसबाट माओवादीकै अन्य कार्यकर्ताहरू पनि असन्तुष्ट बनेका छन् । 

यो एउटा उदाहरणमात्रै हो । जिल्लाभर नै बस्ने निर्वाचनमा प्रतिस्पर्धा गर्दा ठाउँठाउँमा रहेको ऋण नतिरेको भन्दै माओवादीका स्थानीय कार्यकर्ता तनावमा रहने गरेका छन् । सो ऋण निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत गएको रकमबाट कागजमा योजना बनाउँदै तिर्ने योजनामा रहेको स्पष्ट भएको छ । तर अब उनी गृहमन्त्री भएकोले अन्य स्रोतमार्फत राज्यको ढुकटीमा चुना लगाएर आफ्नो चुनावमा लागेको ऋण तिर्ने मनसायमा उनी लागेको स्पष्ट भएको छ । 

अरू पार्टीका नेताहरूलाई भ्रष्ट सामन्ती भनेर आरोप लगाउन कहिल्यै नथाक्ने र त्यही आधारमा गरिब तथा सामान्य जनतालाई उत्तेजित पार्ने माओवादीका नेताहरू आफैं अनियमिततामा संलग्न हुनुले फेरि पनि के पुष्टि भएको छ भने माओवादीहरू देश लुट्न तथा राज्यको स्रोतसाधनमा हालिमुहाली गर्दै आफ्नो व्यक्तिगत महात्वाकांक्षा पूरा गर्ने अभियानमा रहेका छन् । 

 

]]>