देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नारायणी नदीमा दुई किलोमिटर तटबन्ध गरिँदै

देशान्तर

चितवन । नाताको तटबन्धन कार्यक्रमअन्तर्गत यस वर्ष नारायणी नदीमा एक किलोमिटर ७०० मिटर तटबन्धन गरिने भएको छ । 

चितवनतर्फ ९०० मिटर र नवलपरासीतर्फ ८०० मिटर तटबन्धको काम सुरु भएको कार्यालयले जनाएको छ । जसका लागि चितवनतर्फ रु छ करोड र नवलपरासीतर्फ रु पाँच करोड निकासा भएको कार्यक्रमका प्रमुख कृष्णराज पाठकले बताए ।  

चितवनतर्फ नारायणी नगरपालिकाको बलुवा र लौखुरी, चित्रवन नगरपालिकाको गाँजीपुर र राममन्दिर यस्तै मङ्गलपुरको गणेश मन्दिरमा तटबन्धन गर्न लागिएको छ भने नवलपरासीतर्फ देवचुली, गौँडाकोटको पितौँजी, मध्यबिन्दुको बोटेटोल, कावासोतीको पिठौली र रजहरको पप्रहरमा तटबन्धन गर्न लागिएको हो । 

<p style=”text-align: justify;”>जनताको तटबन्ध कार्यक्रमले आव २०६६÷६७ सालमा निर्माण गरेको गुरुयोजनाअनुसार रु १० अर्ब ५० करोडको लगानीमा तटबन्ध निर्माणको काम सञ्चालन गरिएको हो । 

चितवनतर्फको ३५ किलोमिटर तटबन्ध निर्माणका लागि रु तीन अर्ब ८० करोड र नवलपरासीतर्फको ६५ किलोमिटर तटबन्ध निर्माणका लागि रु छ अर्ब ७० करोड बजेट माग गरिएको थियो । 

सो लक्ष्यअनुसार आव २०७४÷७५ सम्ममा काम सक्ने भनिए पनि आवश्यक बजेट विनियोजन हुन नसक्नु र आवश्यक कच्चा पदार्थको अभावका कारण निर्माणको काम ढिलाइ भएको कार्यालय प्रमुख पाठकले बताए । 

आव २०६६÷६७ सालबाट जनताको तटबन्ध कार्यक्रमले काम सुरु गरेको भए पनि अहिलेसम्म दुवैतर्फ गरी १५ किलोमिटर मात्र तटबन्ध निर्माण गरिएको छ । 

कार्यालयका अनुसार नारायणी नदीको पुलभन्दा तल्लो भागमा चितवनतर्फ राप्ती नदीको सङ्गमस्थलसम्म र नवलपरासीतर्फ त्रिवेणी ब्यारेजसम्म तटबन्धन निमार्णको काम गरिने छ । 

वर्षात्को समयमा नारायणी नदीको दुवैतर्फ बाढीका कारण स्थानीयले ठूलो धनजनको क्षति बेहोर्दै आएका थिए । तटबन्धनको कार्यक्रम सुरु भएयता बाढीको समस्यामा कमी आएको छ । 

लक्ष्यअनुरुपको काम सम्पन्न गर्नसके नदीको दुवैतर्फ सुरक्षित रहने स्थानीयको अपेक्षा रहेको छ ।

]]>