देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात हजार स्मार्ट कार्ड वितरण

देशान्तर

काठमाडौँ। यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ । 

वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो । 

पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।  

सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी स्मार्ट कार्डभित्र राखिएको हुन्छ । 

यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पु¥याउनेछ । 

महानिर्देशक श्रेष्ठले यस क्षेत्रमा देखिएका विकृति तथा विचौलियालाई समेत न्यूनीकरण गर्ने बताउँदै स्मार्ट कार्डलाई व्यवस्थित गर्न दक्ष जनशक्तिको अभाव रहेको बताए ।  

त्यसैगरी विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताए । 

सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उहाँले बताए ।  

]]>