देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टि

देशान्तर

सोलुखुम्बु,। काठमाडौँबाट लुक्ला आएको सिम्रिक एयरको विमानमा बम नरहेको पुष्टि भएको छ । 

आज बिहान पौने ८ बजे लुक्ला विमानस्थलमा अवतरण भएको विमानको सामान राख्ने ठाउँमा बम रहेको पर्चा भेटिएपछि विमानस्थलमा केहीबेर त्रास फैलिएको थियो । 

विमानको जाँच गर्दा कुनै खतरापूर्ण बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।  

विमानका सामान निकाल्दा ‘खबरदार जहाजमा बम छ’ लेखिएको पर्चा भेटिएको थियो । प्रहरीले खानतलास गरी केही नघेटिएपछि विमानलाई काठमाडौँ उडान गर्न स्वीकृति दिइएको थियो । 

]]>