देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाना पकाउने ग्यास आयातमा सामान्य वृद्धि

देशान्तर

पर्सा। वीरगन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । 

भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हँुदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११÷१२ बुलेटबाट बढेर १९÷२० बुलेट पुगेको छ । माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा उक्त सङ्ख्यामा वृद्धि गरी प्रतिदिन १९ देखि २० बुलेट उपलब्ध गराएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत लोकराज पन्तले जानकारी दिए ।  

माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा वीरगन्ज नाकाबाट १८८ बुलेट ग्यास भित्रिएको तुलनामा फागुन १३ गतेदेखि १६ गतेसम्मको चार दिनमा मात्र ७९ बुलेट ग्यास भित्रिएको छ । सहज अवस्थामा वीरगन्ज नाकाबाट दैनिक ३० देखी ४० बुलेट खाना पकाउने ग्यास भित्रिएको थियो । 

यसैबीच वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा समेत सामान्य सुधार आएको भन्सारले जनाएको छ । माघ २५ गतेदेखि फागुन १६ गतेसम्ममा सो नाकाबाट तीन करोड ५० लाख ९२ हजार लिटर इन्धन भित्रिएको छ । आयात सुचारु भएको २४ दिनमा डिजेल दुई करोड १४ लाख ३० हाजर लिटर, पेट्रोल ८३ लाख ९६ हजार लिटर, हवाई इन्धन ४९ लाख ६२ हजार लिटर र मट्टितेल तीन लाख चार हजार लिटर भित्रिएको छ । 

]]>