देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमालयन बैंक गल्फ प्रतियोगितामा संयोग शाही विजेता

देशान्तर

काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता मा संयोग शाही जितेका छन् । रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा शाही ३६ अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका हुन् । ३५ अंकका साथ पूर्णमान शाक्यले दोश्रो भए भने विवेक राणाले २९ अंकका साथ बेस्ट ग्रसको उपाधि जिते ।

त्यस्तै महिला तर्फ प्रतिमा शेर्पा ३५ अंकका साथ प्रथम भईन भने सविता राईले ३२ अंक जोडी उनलाई पछ्याईन । सिनियर तर्फको उपाधि गोपाल चित्रकारले २६ अंक सहित जिते । उनलाई भाईराजा पाण्डेले २५ अंकका साथ पछ्याएका थिए । सुपर सिनियर तर्फ २९ अंकका साथ नरेन्द्र कुमार राई प्रथम भए भने मेजर हिमराज गुरुङ्ग सोही समूहमा २३ अंकका साथ दोश्रो भए । चौथो होलमा इगल हानी  प्रदिप कुमार श्रेष्ठले स्पेशल इगलको पुरस्कार जित्न सफल भए ।
८२ जना प्रतिस्पर्धि सामेल भएको उक्त प्रतियोगितामा हिमालयन बैंकका संस्थापक हिमालय शमशेर राणा, बैंकका निर्देशक प्रचण्ड बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक राणा तथा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । 

 

 

]]>