देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–भारत सम्बन्ध पुनरावलोकन गर्न विज्ञ समूह

देशान्तर

काठमाडौं । सरकारले नेपाल भारतको समग्र सम्बन्धको बिषयमा पुनरावलोकन गर्न सरकारले विज्ञ समूह बनाउने भएको छ । दुई मुलुकबीच सम्बन्ध चिसिइरहेका बेला मन्त्रिपरिषदको बुधबारको बैठकमा सरकारलाई सुझाव दिने प्रयोजनका लागि विज्ञ समूह बनाउने बिषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयले समुह गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हो ।

उक्त प्रस्ताव पररष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। यसवारे छलफल प्रारम्भ भएको छ , सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाप समेटेर यसबारे चाडै निर्णय हुन्छ’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले भने ।  उक्त समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, भारतका लागि नेपालका पूर्व राजदूत भेखबहादुर थापा र एमाले सांसद्  तथा परराष्ट्र मामिला जानकार राजन भट्टराईको नाम मन्त्रिपरिषद बैठकमा आएको छ । समूहको कार्यक्षेत्र भारतसंग अहिले सम्म भएका सबै सन्धी सम्झौताको पुनरावलोकन गर्ने र चिसिएको सम्बन्धमा सुधार ल्याउदै दीर्घकालिन लाभका उपायहरुबारे सरकारलाई सुझाव दिनेछ हुनेछ ।

समुहको  कार्यकाल दुईबर्षको हुने प्रस्ताव छ ।  छिमेकीसंगको सम्बन्धकै पुनरावलोकन गरिने भएकाले विपक्षी राजनीतिक दलहरु समेत संग छलफल गरी समूहको अन्तिम टुंगो लगाइने भएको छ। नेपाल र भारतबीचको सम्बन्ध र सम्झौताबारे पुनरावलोकन हुनुपर्ने माग पटक पटक उठ्दै आएको छ।  १९५० को सन्धीदेखि सिमा,व्यापार पारवहन लगायतका सम्झौता र सहमतिहरुबारे कतिपय राजनीतिक दलहरुले एजेण्डा बनाएर नै पुनरावलोकनको माग गर्दै आएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>