देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोल पम्पमा विस्फोट

देशान्तर

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा शुक्रबार राति अज्ञात समूहले विस्फोट गराएको छ । 

विस्फोटबाट भने पम्पमा सामान्य क्षति मात्रै भएको छ । बालुुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर उक्त पेट्रोल पम्पको सिसा र बल्ब फुटेका छन् । तीन÷चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक प्रहार गरेर भाग्ने बित्तिकै विस्फोट भएको थियो । 

विस्फोटका कारण स्थानीयवासी त्रसित बनेका छन् । विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

]]>