काठमाडौं । अशिक्षित ग्रामीण महिला पनि रोजगारीका लागि खाडी र मलेसियालगायतका मुलुक जान पाउने भएका छन् । हाउसमेडका रुपमा महिला कामदार पठाउने भन्दै २ वटा म्यानपावर एजेन्सीले लेबनानबाट दुई सय नेपाली कामदारको माग वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय पूर्व श्रमस्वीकृतिका लागि फाइल पेस गरेका छन् ।
म्यानपावर एजेन्सीमार्फत ‘हाउस मेड’को माग पहिलोपटक आएको हो । वैदेशिक रोजगार काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले विभागमा पेस भएकामध्ये ५० प्रतिशत मागमा पूर्वश्रमस्वकीृत दिइसकेको बताए । एक लट कामदार पठाइसकेपछि मात्र अर्को लटमा थप पूर्वश्रमस्वकीकृति दिइने उनले बताए ।
खाडी मुलुक र मलेसियामा कामदारको मासिक पारिश्रमिक दुई सय देखि दुई सय ५० डलर सम्म रहेको छ । कारोवार दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया