देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसको अधिवेशनका लागि नौ हजार पेसाकर्मी परिचालित हुने

देशान्तर

काठमाडौं। नेपाली काँग्रेसको आगामी अधिवेशनमा स्थानीयस्तरका लागि हुने निर्वाचनमा देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालित हुने भएका छन् । 

यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ । 

देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए। 

“केन्द्रीय महाधिवेशनका लागि खटाइने निर्वाचन अधिकारीबाहेक स्थानीयस्तरका अधिवेशनका लागि मात्रै झण्डै नौ हजार निर्वाचन अधिकारी चाहिने देखिन्छ” उनले भने । 

अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकारलगायतका विभिन्न पेसाकर्मीलाई खटाउने उनले बताए। शहरमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाउँ गाउँमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकलाई नै सबै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ । 

केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गरेको  निर्देशनमा हरेक जिल्लाका लागि एकजना निर्वाचन अधिकृत केन्द्रबाट खटाइने र बाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नुपर्ने उल्लेख छ । 

जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने बेहोरा समेत उनले स्पष्ट पारे ।  

मतदान अधिकृतको नामावली तयार पार्दा आवश्यक पर्ने सङ्ख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्देशनमा भनिएको छ । 

क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको छ 

]]>