देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानगरपालिकाले वैशाखदेखि फोहोरबाट ग्यास निकाल्ने

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको चर्को अभाव भइरहेको बेला काठमाडौं महानगरपालिकाले वैशाखदेखि राजधानीमा फोहोरमैलाबाट ग्यास उत्पादन गर्ने भएको छ ।

महानगरका अनुसार राजधानीको फोहोरबाट दैनिक ९६ किलो ग्यास उत्पादन हुनेछ । यो ग्यास वडा नम्बर १२ को लगन र ब्रह्मटोल र १९ को कंकेश्वर र दमैटोलका दुई सय ४० घरपरिवारलाई बाँडिने छ । टेकु ट्रान्सफर स्टेसन क्षेत्रमा दैनिक तीन सय मेट्रिकटन जैविक फोहोर मिथानेसन गर्न सक्ने क्षमताको पूर्ण क्रियाशिल उपकरण राखिनेछ ।

स्टेसनबाट दैनिक दुई सय ४० परिवारलाई पुग्नेगरी ग्यास उत्पादन हुने ‘वेस्ट टु इनर्जी’ परियोजनाका प्रबन्धक प्रकाशचन्द्र झाले जानकारी दिए । कारोबार दैनिकमा समाचार छ । 

]]>