काठमाडौं । निर्णयक हुने भनेर आशा गरिएको प्रमुख तीन दल र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता विना निष्कर्ष सकिएको छ ।
वार्ताबाट बाहिरिएका मोर्चाका नेताहरुले वार्तामा कुनै सहमति नभएको र वर्तमान सरकारले आफ्ना मागहरु सम्बोधन गर्न नसक्ने बताएका छन् ।
उनीहरुले विवाद चार महिना अघि जहाँ थियो अहिले पनि त्यहीं नै रहेको भन्दै वर्तमान सरकारलाई कुटनीतिक रुपमा समेत असफल भएको आरोप लगाएका छन् ।
वार्तामा सहभागी मोर्चाका नेताहरु बाहिरिए पनि तीन दलका नेताहरु भने बालुवाटारमै छन् । उनीहरुबीच मोर्चासँग सहमति नभएको अवस्थामा संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्ने बारे छलफल भइरहेको बुझिएको छ ।
यसअघि ६ माघ साँझ बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ पाँचदलको बैठकले मोर्चासँग सहमति नभए पनि ९ माघमा व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक पारित गर्ने निर्णय गरेको थियो ।
]]>
प्रतिक्रिया