देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस क्रियाशील सदस्यताको विवरण सच्याउन उजुरीको ताँती

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले पहिलो पटक आफ्नो वेभसाईटमा क्रियाशील सदस्यताको नामावली राखेपछि पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यहरुको नामावलीमा नाम थर तथा ठेगाना जस्ता विवरण सच्चाउन माग राख्दै निवेदन दिनेको ताँती लागेको छ । 

माघ २ गते सवै विवाद मिलाई नामावली पार्टीको वेभसाइटमा राखेपछि अहिले नामावली सच्चाउन माग राख्दै पार्टी कार्यालयमा दिनहु निवेदन दिनेको ताँती लाग्ने गरेको हो । नेपाली कांग्रेसले आफ्नो वेभसाइटमा क्रियाशील सदस्यताको नामावली सार्वजानिक गरेपछि आफ्नो विवरणमा त्रुटी देखिएको बिषयलार्इृ तत्काल सच्याउनका लागि क्रियाशील सदस्यहरुले निवेदन दिएका हुन् । केन्द्रीय निर्वाचन समितिले १३ औ महाधिवेशनका लागि ४ दिन अघि सवै विवाद मिलाउदै नामावली वेभसाइटमा राखेको थियो । नाम,थर,ठेगाना र स्थान्ततरण नमिलेका कांग्रेसका क्रियाशील सदस्यहरु अहिले सच्चाउन पार्टी कार्यालमा निवेदन दिइरहेका छन् । अहिलेसम्म १ हजारको नामावली सच्चाउन निवेदन परेको कार्यालय सचिव प्रदीप पराजुलीले  जानकारी गराए ।

‘दैनिक ३ सयको दरमा नामवली सच्चाउन पाउ भनेर निवेदन दिइरहेका छन’ उनले भने– ‘अहिले हामीले निवेदन लिइरहेका छौ । पछि ती नामलाई सच्चाउने छौ ।’ उनका अनुसार नामावलीको सवभन्दा बढी समस्या ठेगानामा रहेको छ  ।‘सदस्यका लागि फारम भर्दा कोहीले नया नगरपालिका र कोहीले गाविसबाट भरेका थिए’ उनले भने– ‘हामीले चाहि नयाँ बनेका नगरपालिकाहरुको ठेगाना राखेर नामावली प्रकाशन गरेका छौ । त्यही भएर त्रृटी भएको हो ।’ 

उनले अपलोड गर्दा केही त्रुटी भएको जानकारी गराए । नेपाली कांग्रेसको महाधिवशेनमा सहभागि हुनका लागि ४ लाख ७२ हजार क्रियाशिल सदस्यहरुको नामवली वेभसाइटमा राखेको छ । पार्टीले यहि आइतवारसम्म सवै नामावली वडा,नगर र जिल्लामा पु¥याउने सूचना अधिकारी केशव रिजालले जानकारी गराए । कांग्रेसको १५ गते गाउ,वडा र नगर अधिवेशन २० गते क्षेत्रीय र २२ गते जिल्ला अधिवेशन तोकिएको छ । भने फागुन २० देखि राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

यसैबीच नेपाली कांग्रेसमा आठ महिलासहित समावेशीका पाँच समूहमा केन्द्रीय सदस्यसंख्या बढाउने तयारी थालिएको छ । नयाँ संविधानमा पार्टीकै नेतृत्वमा समानुपातिक समावेशीको व्यवस्थासहितको संशोधन प्रस्ताव दर्ता गरिएकाले पार्टी विधानमा पनि त्यसको रिफ्लेक्सन हुनुपर्ने भन्दै विधान संशोधन मस्यौदा तयारी समितिले कम्तीमा आठजना महिला केन्द्रीय सदस्य बढ्ने गरी विधान संसोधनको तयारी गरिएको हो । विधान संशोधन मस्यौदा तयारी समितिले सात प्रदेशमा एक÷एकजना महिला र महिला कोटामा थप एकजनासहित आठजना महिला केन्द्रीय सदस्य बढाउने तयारी गरेको हो । 

त्यस्तै समितिले जिल्ला, क्षेत्रलगायत विभिन्न निकायबाट आएको सुझावका आधारमा यसअघि केन्द्रीय समितिमा आरक्षित गरिएको दलित, जनजाति, महिला, मधेसी र मुस्लिमतर्फ एक÷एकजना केन्द्रीय सदस्यको संख्या थप्ने गरी मस्यौदा तयार गर्न लागिएको बताइएको छ । अहिलेको कांग्रेस विधानमा महिला सात, दलित ६, जनजाति ६, मधेसी ६ र मुस्लिम दुईजना सदस्यका लागि सिट आरक्षित गरेको छ । संविधानअनुसार पार्टीको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा समानुपातिक प्रतिनिधित्व नपुगेको भन्दै केही संख्या थप्ने तयारीमा मस्यौदा समिति पुगेको हो । 

 

]]>