देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस महाधिवेशनमा ९ हजार पेसाकर्मी परिचालित

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा करिब ९ हजार पेशाकर्मी परिचालन हुनेभएका छन् । कांग्रेसको महाधिवेशन तथा स्थानिय अधिवेशनबाट नेतृत्व चयनका लागि नेपाली कांग्रेसले देशभरिमा झण्डै नौ हजारभन्दा बढी पेसाकर्मी परिचालन गरेका हुन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत माघ १५ गते गाँउ वडा र नगर अधिवेशन, माघ २२ गते क्षेत्रिय अधिवेशन, माघ २५ गते जिल्ला अधिवेशन हुदैछ । १३ औं महाधिवेशनका लागि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन अधिकारीका रुपमा विभिन्न पेसाकर्मीलाई खटाउन लागिएको काँग्रेसले जनाएको छ । कांग्रेसले केन्द्र र जिल्लामा कानुन व्यवसायी तथा गाँउ नगरमा शिक्षकहरुलाई अधिवेशन गराउने जिम्मा दिने निर्णय गरेको छ । 

देशभरका तीन हजार १ सय ६५ गाविस र २ सय १७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँको कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी आवश्यक हुने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । अधिवेशनका लागि शिक्षक, वकिल, प्राध्यापक, पत्रकारलगायतका विभिन्न पेसाकर्मीलाई खटाउने उनले बताए । शहरमा वकिल, प्राध्यापक र पत्रकारलाई पनि परिचालन गर्ने र गाउँ गाउँमा उनीहरु पर्याप्त नहुने भएकाले शिक्षकलाई नै सबै जिम्मेवारी दिने निर्वाचन समितिको तयारी छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पार्टीको जिल्ला समिति र शिक्षक संघलाई निर्देशन दिएको छ । समितिका संयोजक राधेश्याम अधिकारीले जारी गर्नुभएको निर्देशनमा हरेक जिल्लाका लागि एकजना निर्वाचन अधिकृत केन्द्रबाट खटाइने र बाँकी जनशक्ति स्थानीयस्तरबाटै व्यवस्था गर्नुपर्ने उल्लेख छ । जिल्लामा खटिने निर्वाचन अधिकृतले मतदान अधिकृत तोक्ने विषयमा अन्तिम निर्णय लिने अधिकारीले जानकारी दिए । मतदान अधिकृतको नामावली तयार पार्दा आवश्यक पर्ने संख्या भन्दा १५ प्रतिशत बढी गर्न पनि निर्वाचन समितिको निर्देशनमा भनिएको छ ।

काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।

 

]]>