देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु

देशान्तर

काठमाडौं । देशका लागि प्राण त्याग्ने सहिदहरुको सम्झनामा मनाइने सहिद सप्ताह आइतबारदेखि सुरु भएको छ। सरकारले सहिदहरुको सम्मानमा हरेक वर्ष मनाउँदै आएको सहिद सप्ताह यस वर्ष पनि मनाउन लागेको हो।  माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अबसरमा काठमाडौ महानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमहरु हुनेछन्।

सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो। राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा  शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो। उनीहरुलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो।  महानगरपालिकाका अनुसार सहिद शुक्रराज शास्त्रीलाई पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ । 

माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकका लागि प्राण त्याग्ने सम्पूर्ण सहिदहरुको सम्झना गरिनेछ। माघ १६ गते रत्नपार्कस्थित  शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरमा रहेको सहिद स्मारकमा गएर टुंगिने कार्यक्रम रहेको छ। 

]]>