काठमाडौं । शान्ति कोषअन्तर्गतको बास्केट फन्डमा जम्मा भएको रकम तोकिएको समयभित्र खर्च हुन नसकेपछि दातृ निकायहरुले सहयोग रकम फिर्ता माग्न थालेका छन्। सरकारसँग सन् २०१५ को डिसेम्बरसम्ममा सहयोग रकम खर्च गरिसक्ने सम्झौता गरेका ती दातृ निकायले सो अबधिभित्रमा खर्च नभएपछि सहयोग रकम नै फिर्ता मागेका हुन्।
शान्ति मन्त्रालय उच्च सो्तका अनुसार स्विट्जरल्याण्ड, नर्वे र डेनमार्कले आफूले गरेको सहयोग रकम फिर्ता मागेका हुन्। उनीहरुले कोष सचिवालयसँग तोकिएको समयसीमाभित्र रकम खर्च हुन नसकेकाले खर्च हुन नसकेको सबै रकम फिर्ता मागेको मन्त्रालय स्रोतले बतायो।
स्रोतका अनुसार तीन देशले आफूले उपलब्ध गराएर पनि तोकिएको समयभित्र खर्च हुन नसकेको २ अर्ब रुपैयषँ फिर्ता मागेका हुन्। राजधानी दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया