देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोत्कृष्ट विद्यार्थीलाई स्थायी शिक्षक बनाइने

देशान्तर

काठमाडौं । उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । शिक्षा मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना एसएसडीपी मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल इजोनले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालले प्रतिभाशाली विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो योजना ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार कुल रिक्त दरबन्दीको पाँच प्रतिशत पदमा त्यस्ता विद्यार्थीलाई स्थायी शिक्षकका रुपमा नियुक्ति गरिनेछ ।

उनले उच्च माध्यमिक र स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई आधारभूत तह ९कक्षा १-८०मा र स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई माध्यमिक तह कक्षा ९–१२ मा अध्यापन गर्न स्थायी नियुक्ति गरिने बताए । हाल एसएलसी परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण हुनेहरु उच्च शिक्षामा शिक्षाशास्त्र विषय लिने गरेका छन् ।

अव्वल विद्यार्थीलाई शिक्षण पेशातर्फ आकर्षण गराउन सकिएमा शैक्षिक स्तरमा सुधार आउने विश्लेषण गर्दै मन्त्रालयले त्यस्ता विद्यार्थीलाई सिधै स्थायी नियक्तिको अवसर दिन चाहेको हो । गोरखापत्र दैनिकमा समाचार छ । 

]]>