देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्यधिक चिसोका कारण पूर्वी क्षेत्रको जनजीवन प्रभावित

देशान्तर

विराटनगर। पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । तीन÷चार दिनदेखि बाक्लो हुस्सुका साथै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणका साथै चौंपाया र आलुुबालीमा समेत नकारात्मक प्रभाव पर्न थालेको छ । 

अत्यधिक चिसाका कारण मानिस घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । विराटनगर बजारमा बाटो हिँड्नेहरूको चहलपहल निकै कम भएको छ । चिसोका कारण व्यापार व्यवसायमा समेत प्रभाव परेको छ । 

अत्यधिक चिसोका कारण बढी गृहिणीहरूमा बढी असर पर्ने गरेको गृृहिणीहरुले बताउछन् । उनीहरुका अनुसार घरको कामकाज गर्दा पटकपटक पानी चलाइरहनु पर्ने हुँदा अत्यधिक जाडो हुने र रुघाखोकीको प्रकोपलगायतका कठिनाई हुने गरेको छ । 

अत्यधिक चिसोको प्रभाव सरकारी कार्यालयमा पनि देखिएको छ । विराटनगरस्थित अधिकांश कार्यालयमा विगतका दिनको तुलनामा सेवाग्राहीको चाप पातलिएको कार्यालयले जनाएको छ । 

चिसोको प्रभाव सार्वजनिक यातायातका साधनमा पनि देखिएको छ । विगत दुई दिनदेखि काठमाडौँं, विराटनगर विमानसेवा अवरुद्ध भएका छन् । 

यसैबीच, शीतलहरका कारण आलुखेतीमा नकारात्मक असर पर्न थालेका छन् । आलुबोटको पात सुक्नाका साथ बोट पनि मर्नसक्ने भएकाले किसान चिन्तित देखिन्छन् । चिसोको प्रभाव चौंपायालाई समेत परेको छ । 

]]>