देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा पर्यटकको सङ्ख्यामा कमी

देशान्तर

चितवन। पर्यटकीय मौसममा समेत नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । 

मुख्य पर्यटकीय याम मङ्सिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । विदेशी तीन हजार ६३९, सार्क राष्ट्रका ४१९ र नेपाली तीन हजार ९६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा चार हजार २१ पुरुष र चार हजार एक महिला रहेको निकुञ्जले जनाएको छ । 

गत वर्षको पुसमा आठ हजार ८८७ विदेशी, दुई हजार ४८६ सार्क र पाँच हजार ३४१ नेपाली पर्यटक गरी १६ हजार ७१४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिनुभयो । यसवर्ष पुसमा रु ८८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ भने गत वर्ष यही समयमा रु दुई करोड ४४ लाख ४९ हजार राजस्व सङ्कलन भएको थियो । 

त्यसैगरी मङ्सिर महिनामा विदेशी तीन हजार ६३०, सार्क २३७ र नेपाली दुई हजार ३०० गरी ६ हजार १६७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत वर्ष यही समयमा १२ हजार ३७९ विदेशी, ७५१ सार्कमुलुकका र तीन हजार ९४० नेपाली गरी १७ हजार ७० पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

यस वर्ष मङ्सिरमा रु ९२ लाख ४६ राजस्व सङ्कलन भएको छ भने गतवर्षको मङ्सिरमा रु चार करोड ६७ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो । यसवर्ष ६ महिनामा रु चार करोड ११ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन भएको छ भने गत वर्षभरिमा रु २४ करोड ६२ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । पर्यटक घटेसँगै राजस्व घट्दा आम्दानीको ३० देखि ५० प्रतिशतसम्म मध्यवर्तीले पाउने रकममा कटौती हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । 

]]>