देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तराईमा बाक्लो हुस्सुका कारण सवारी दुर्घटना बढ्यो

देशान्तर

इनरुवा । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । 

गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही दिशाबाट आउँदै गरेको ना३ख ३५२७ नं को ट्रक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै भण्टाबारी चोकमा बा२ख ६४८४ नं को ट्रक हुस्सुका कारण सडक किनारमा पल्टेको छ । 

यसैगरी हरिपुर चोकमा समेत बा३ख ८१७ नं को ट्रक हुस्सुकै कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । हरिपुरकै पानी टङ्कीमा ना३ख १०५३ नं को अर्को ट्रकसमेत हुस्सुका कारण बाटो नदेख्दा सडक किनारमा पल्टेको सुनसरी प्रहरीले जनाएको छ । 

]]>