देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विधेयकमा छलफल गर्न दुई उपसमिति गठन

देशान्तर

काठमाडौँ । व्यवस्थापिका–संसद्, अर्थ समितिले बैंकिङ, कर्मचारी सञ्चय कोष र लेखा परीक्षण ऐन संशोधनका लागि सात–सात सदस्य रहने गरी दुई उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले बैंकिङ कसुर सजाय ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी कर्मचारी सञ्चय कोष ९नवौं संशोधन० विधेयक, २०७१ र लेखा परीक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ का विषयमा छलफल गर्न अर्को उपसमिति बनाउने निर्णय गरेको हो ।  व्यवस्थापिका–संसद्ले समितिमा पठाएको विधेयकलाई यथाशक्य टुङ्ग्याउन र परिष्कृत तुल्याउन उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

गठित उपसमितिलाई विधेयकका विषयका विषयमा छलफलको विधि तथा संयोजकसमेत आफै तोक्नका लागि निर्देशनसमेत दिने निर्णय गरिएको उनले बताए । 

]]>