देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधनले पुगेन मोर्चालाई

देशान्तर

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले आफ्ना माग सम्बोधन नगरेको भन्दै जारी आन्दोलनका कार्यक्रम यथावत् राख्ने निर्णय गरेको छ ।

बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज बसेको मोर्चाको बैठकले मधेसमा जारी सीमा नाका तथा सडक अवरोधका कार्यक्रम निरन्तरता दिने निर्णय गरेको हो ।
    
बैठकले मोरङको रङ्गेली घटनाको निन्दा गर्दै, घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन आयोग गठन गरी दोषीउपर कारबाही गर्न मागसमेत गरेको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिए ।
    
मोर्चाले थप सङ्घर्षका कार्यक्रम घोषणा गर्दै यही माग १३ गते देशभरका जिल्ला सदरमुकाममा मृतकको सम्झनामा मैनबत्ति प्रज्वलन गर्ने, १६ गते सबै निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका सभा गर्ने तथा १८ गते संशोधित विधेयकबारे तराईका बुद्धिजीवी, राजनीतिज्ञ, श्रमिक मजदुर, व्यावसायीलगायत सबै पक्षसँग बृहत् अन्तक्र्रिया गरिने जनाएको छ ।
    
सरोकारवालासँगको अन्तक्र्रियापछि आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे निर्णय हुने नेता रायले बताए ।
    
बैठकमा मोर्चाका प्रमुख घटकका शीर्ष नेताहरुको भने उपस्थिति थिएन । उपेन्द्र यादव र राजेन्द्र महतो काम विशेषले उपत्यका बाहिर छन्, भने महन्थ ठाकुर उपचारार्थ भारतमा छन् ।

]]>