देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पको केन्द्रबिन्दुदेखि अर्धव्यासभित्रका ४०० पुलको अध्ययन

देशान्तर

काठमाडौँ। गत वैशाख १२ गतेको भूकम्पपछि केन्द्रबिन्दु रहेको बारपाकको १०० किमी अर्धव्यास क्षेत्रभित्र यातायात सञ्चालन हुने पक्की पुलको प्राविधिक अध्ययन गरिएको छ । 

यस क्षेत्रमा पर्ने ४०० पक्की पुलको अध्ययन गरिएको सडक विभाग पुल महाशाखाले जनाएको छ । अध्ययनबाट ठूलो समस्या नदेखिए पनि सानातिना टुटफुट पाइएको महाशाखा प्रमुख सरोज प्रधानले जानकारी दिए । 

“चारसय पुलका साना समस्या समाधानका लागि पनि रु एक अर्ब ५० करोड लाग्ने देखिएको छ, यसका लागि विश्व बैंकसँग स्रोत जुटाउने सम्बन्धमा कुराकानी भइरहेको छ, साना समस्या भए पनि अध्ययनपछि कुनै पनि पुल बन्द गर्नुपर्ने देखिएको छैन”– उनले भने । 

ठूलो क्षति नभए पनि पुल मर्मत नगर्दा समस्या पर्ने देखिएकाले छिटो मर्मतसम्भार गर्ने गृहकार्यमा विभाग लागेको छ । भूकम्पकै समयमा पुलमा यातायात सञ्चालन गर्न नहुने गरी समस्या नआए पनि वर्षाद्का समयमा तीनवटा पुललाई बेलिब्रिजले विस्थापित गरिएको थियो । 

नारायणघाटको जयश्वरी खोला, दोलखाको चर्मावती खोला र रोल्पाको मादी खोलामा बेलिब्रिज हालिएको विभागले जनाएको छ ।

]]>