देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा भ्रष्टचार झन् बढ्यो , चार स्थान तल झर्दै १३० औं स्थानमा

देशान्तर

काठमाडौं । धेरै भ्रष्टचार गर्ने मुलुकहरुको सूचीमा पर्ने नेपालको स्थिती झनै खस्किदैं गएको छ । भ्रष्टचार विरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजानिक गरेको सूचकांक सीसीपिआईका अनुसार नेपाल अघिल्लो वर्षको तुलनामा ४ स्थान तल खस्केको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणात्मक सूचकांकको सन् २०१४ मा १२६ औं स्थानमा रहेको नेपाल यो वर्ष ४ स्थान तल झर्दै १३० औं नम्बरमा पुगेको छ । इन्टरनेसनलले आज बुधबार सार्वजनिक गरेको सन् २०१५को प्रतिवेदनमा १६८ मुलुकमध्ये नेपाल १३० औं स्थानमा रहेको छ । सन् २०१२ मा १३९ औं स्थानमा रहेको नेपाल नेपाल सन् २०१३ मा केही सुधार भइ ११६ औं स्थानमा उक्लिएको थियो । तर, सन् २०१४ मा पुनः १० स्थान तल झर्दै १२६ औं स्थानमा पुगेको थियो ।

सबैभन्दा कम भ्रष्टाचार हुने १० मूलुकहरु

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो स्थानमा युरोपेली मुलुक डेनमार्क परेको छ । दोस्रोमा फिनल्याण्ड, तेस्रोमा स्वीडेन, चौथोमा न्युजिल्याण्ड, पाँचौमा नेदरल्याण्ड, छैटौंमा नर्वे, सातौं स्वीटजरल्याण्ड, आठौं सिंगापुर, नवौं क्यानडा र दशौं स्थानमा जर्मनी रहेको छ । त्यस्तै दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा कम भ्रष्टचारा हुने मूलुकमा भुटान परेको छ । भुटान भ्रष्टचारा हुने मूलुकको २७ औं स्थानमा रहेको छ । भारत ७६ स्थानमा छ भने श्रीलंका ८३ औं स्थानमा रहेका छ ।

सबैभन्दा  बढी भ्रष्टाचार हुने १० मूलुकहरु

सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पहिलो नम्बरमा सोमालिया परेको छ। यसैगरी धेरै भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया, अफगानिस्तान, सुडान, दक्षिण सुडान, एंगोला, लिबिया, इरान, भेनेजुएला, गुनिबिसाउ र हैटी रहेका छन्।

]]>