देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीबाट काठमाडौं आउने जहाजमा फेरि बमको हल्ला

देशान्तर

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको ‘फोन कल’पछि उडान रोकिएका छन् । ती दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेकाृे भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जेट एयरलाइन्सको जहाजमा बम भएको हल्ला चलेर फ्लाइट रोकिएको दुई दिनपछि आज फेरि जेट र एयर इन्डियामा बम भएको ‘थ्रेट’ आएको हो ।

जेट एयरलाइन्सको जहाजका ७ चालक दलका सदस्य र १ सय २२ यात्रुलाई प्रतीक्षालय र एयर इन्डियाका २ सय १५ यात्रुलाई ‘टर्मिनियस’ भवनमा राखिएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

यसअघि सोमबार पनि काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा भएको हल्ला चलेको थियो ।

]]>