देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा अब संविधान कार्यान्वयन गर्न सक्ने नेतृत्व– महामन्त्री सिंह

देशान्तर

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले काँग्रेसको आगामी १३ औं महाधिवेशनबाट देशमा आर्थिक क्रान्ति र संविधान कार्यान्वयन गर्न सक्ने क्षमता भएको व्यक्ति नेतृत्वमा आउने बताएका छन् ।

नेपाली काँग्रेस मध्यपुर थिमि नगरसमितिले आज आयोजना गरेको १२ औँ महाधिवेशनपछिको काँग्रेसको समीक्षा एवम् खेलाडी सम्मान कार्यक्रममा उनले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनमा आएको जटिलतालाई हटाउँदै संविधानको सफल कार्यान्वयन गर्नसक्ने क्षमताको व्यक्ति काँग्रेसको नयाँ नेतृत्वमा आउने बताए ।

पार्टीभित्रका केही नेतामा आन्तरिक प्रजातान्त्रिक एवम् लोकतान्त्रिक पद्धति हराउँदै गएकाले पार्टीमा विभिन्न समस्या पैदा हुने गरेको धारणा राख्दै उनले आगामी महाधिवेशनमा जस्तोसुकै परिणाम आएपनि त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा उनले बङ्गबन्धु गोल्डकप फुटबलको उपाधि जिताउने प्रशिक्षकद्वय उपेन्द्रमान सिंह र बालगोपाल महर्जनलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, सांसद रामेश्वर ढुङ्गेल, तरुण दलका पुर्व अध्यक्ष विनोद कायस्थ, काँग्रेस नेता मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, हरिदास प्रजापतिलगायतले नेपाली काँग्रेसको वडा, गाउँ, नगर, क्षेत्रदेखि जिल्ला तहसम्म सक्षम नेतृत्व चयन हुनुपर्नेमा जोड दिए ।

]]>