देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अण्डर–१९ विश्वकपमा नेपालको विजयी सुरुवात

देशान्तर

काठमाडौँ ।  १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ।

बंगलादेशको फतुल्लाहमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको हो। अण्डर १९ विश्वकप क्रिकेट इतिहासकै सर्वाधिक स्कोर बनाएको नेपालले न्युजिल्याण्डलाई २ सय ६ रनमा रोक्दै खानसाहेब ओस्मान अलि रंगशालामा नेपालको झण्डा फहराएको हो।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४७ ओभर १ बल खेल्दै अल आउट हुँदा मात्र २ सय ६ रनमा समेटियो।
नेपालले यसअघि सन् २००६ मा प्लेट च्याम्पियनसीप जित्दा पनि न्युजिल्याण्डलाई हराएको थियो।

न्युजिल्याण्डलाई रोक्न नेपाली बलरहरुले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। नेपालका सुशील कँडेलले १० ओभर वलिङ गर्दा कुनै विकेट लिन नसके पनि १ मेडन राखेर मात्र २९ रन खर्चिएका थिए। नेपालका लागि दीपेन्‍द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने प्रेम तमाङले २ विकेट लिए। त्यस्तै सन्दिप लामिछाने र सुनिल धमलाले १ – १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन जोडेको थियो। यो स्कोर नेपालले १९ वर्षमुनिको विश्वकप क्रिकेटमा बनाएको सर्वाधिक हो। यसअघि सन् २००६ मा आयरल्याण्ड विरुद्धको खेलमा नेपालले २ सय ३४ रन जोडेको थियो।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए। उपकप्तान आरिफ सेख र सन्दीप सुनारले समान ३९ रन जोडे।

पछिल्लो अर्डरमा ब्याटिङमा आएका कुशल भुर्तेलले नटआउट ३५ रन जोडे। कुशलले मात्र २० बलमा ५ चौका सहित ३५ रन जोडेपछि नेपालले मध्यम स्कोर बनाउन सफल भएको हो। त्यस्तै नेपालका राजवीर सिंहले २४ दीपेन्द्रसिंह ऐरीले १६ र सुनिल धमलाले १५ रन जोडे। योगेन्द्रसिंह कार्कीले ६ र प्रेम तामाङले आउट नभई ४ रन जोडे। 

]]>